नियम ८४
पेश्की बारे अनुगमन गर्ने
(१) यस नियमावली बमोजिम पेश्की फछ्र्यौट भयो वा भएन भन्ने कुरा जानकारी दिन र पेश्की फछ्र्यौट समयमा गराउन पेश्कीको सूचि तयार गरी आर्थिक प्रशासन शाखा प्रमुखले कार्यालय प्रमुख समक्ष महिना भुक्तान भएको सात दिन भित्र पेश गर्नु पर्नेछ । कार्यालय प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुखले सोको समीक्षा गरी फछ्र्यौटको कार्य गर्नु पर्नेछ ।
(२) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण गर्दा पेश्की जिम्मेवारी सारे वा नसारेको, म्याद भित्र पेश्की फछ्र्यौट गरे वा नगरेको समेत हेरी लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा तालुक कार्यालयले प्रचलित कानून बमोजिम कारबाही गर्नु पर्नेछ ।